Comments Add Comment

पाँच अंकले घट्यो सेयर बजार

९ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ५ अंकले घटेको छ । बिहीबार १७० कम्पनीका २९ लाख ४३ हजार ३०४ कित्ता सेयर ९३ करोड २६ लाख रुपैयाँमा कारोबार भयो । बिहान १३२१.६९ को अंकमा खुलेको बजारमा केहीबेर सूचक सकारात्मक देखिए पनि मध्यान्न पछि भारी गिरावट आएर १३१४.५५ अंकमा बन्द भयो ।

बिहीबार कारोबारमा आएका १२ सूचक मध्ये सात उपसमूहको सूचक नकारात्मक देखियो । हाइड्रोपावरको सूचक सबैभन्दा धेरै ४.८२ प्रतिशतले आरालो लाग्यो भने होटल समुहको सूचके सबैभन्दा धेरै १.६९ प्रतिशतले बढ्यो ।

माथिल्लो तामाकोशीको सेयर बिहीबार पनि सबैभन्दा धेरै १५ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी, नेपाल बैंक र कृषि विकास बैंकको सेयर पनि बिहीबार उच्च कारोबार भयो ।

बिहीबार मल्टिपर्पस फाइनान्सका सेयरधनीले सबै भन्दा धेरै कमाए भने हिमालयन उर्जाका सेयरधनीले धेरै मात्रामा गुमाउन पुगे । चौतारी लघुवित्त,समिट लघुवित्त, कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीले पनि बिहीबार कमाएका छन् भने घलेम्दी हाइड्रो, युनाइटेड मोदी, श्री इन्भेष्टमेन्ट फाइनान्स, जोशी हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावरका सेयरधनीले बजारबाट गुमाउन पुगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment