
चितवनका साहित्यकार रविकिरण ‘निर्जीब’लाई १५ हजार नगद राशीसहितको ‘गण्डकी वाङ्मय पुरस्कार’ प्रदान गरिएको छ । गण्डकी साहित्य संगम पोखराले हरेक दुई बर्षमा प्रदान गर्ने उक्त पुरकार गोकुल जयन्तीको अवसर पारेर प्रदान गरिएको हो ।
रविकिरण निर्जीबको पहिलो कृति ‘नवजीवनको फुलवारी’ २०२३ सालमा प्रकाशित भएको थियो । उनको ११ वटा साहित्यिक कृति प्रकासित भइसकेको छ । व्याङ्ग निबन्ध लेखनमा रुची राख्ने साहित्यकार रबिकिरणले यसअघि ‘अस्वीकृत बिचार साहित्य पुरस्कार-२०६१’, शहिद शिव पौडेल स्मृति पुरस्कार-२०६५ प्राप्त गरेका थिए ।
उनी साहित्यसँग शिक्षण पेशामा आवद्ध छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4