+
+
Shares

भोजपुरमा ढुङ्गाले किच्दा महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १० गते १७:४४

१० जेठ, भोजपुर । षडानन्द नगरपालिका-१४ बोयामा घाँस काट्न गएकी ६० वर्षीया सीता बुढाथोकीको डिल माथिबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ ।

ढुंगाले किचेर खुट्टा च्यापिदा गम्भीर घाइते भएकी बुढाथोकीको समयमा उद्धार गर्न नसक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ढुङ्गा प्रहरी र स्थानीयले मात्र हटाउन नसकेपछि स्काईभेटरको सहायताले हटाइएको थियो ।

मृतक बुढाथोकीको शव आवश्यक कानुनी पक्रिया पूरा गरी पोस्टमार्टमका लागि संखुवासभा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?