+
+
Shares

मोदी र इमरान खानबीच कुराकानी

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १२ गते २०:५४

१२ जेठ, काठमाडौं । फेब्रुअरी १४ मा भएको पुलवामा आक्रमण र बालकोट एयरस्ट्राइकपछि पहिलो पटक भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच सीधा सम्वाद भएको छ ।

आइतबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर लोकसभा चुनावमा पाएको जितका लागि बधाई दिएका छन् । भारत र पाकिस्तानको विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै यसको पुष्टि गरे ।

भारतीय विदेश मन्त्रालयका अनुसार मोदीले क्षेत्रीय शान्ति र विकासका लागि आतंकवाद समाप्तिका लागि लड्नुपर्ने बताएका छन् । उनले जोड दिएर भेनेका छन् कि हाम्रो क्षेत्रमा शान्ति, प्रगति र समृद्धिका लागि विश्वासका साथै हिंसा र आतंकवादबाट मुक्त वातारवण बनाउन आवश्यक छ ।

पाकिस्तानी प्रधानमन्त्रीले भने मोदीसँग दक्षिण एसियनको शान्ति, विकास र आपसी सहयोगको प्रतिवद्धता दोहो¥याएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ । उनले भनेका छन् कि उनी भारतीय प्रधानमन्त्रीसँग यस्ता मुद्दामा काम गर्न उत्साहित छन् ।

पुलवाला आक्रमणपछि भारत र पाकिस्तानको सम्बन्ध तनावपूर्ण रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?