Comments Add Comment

इन्फिनिटी लघुवित्तको आईपीओ खुल्यो

१३ जेठ, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका ष्किाशन गरेको ‘आईपीओ’ बिक्रि आजबाट खुलेको छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ६ लाख ७४ हजार कित्ता साधारण सेयर जारी गरेको हो ।

जसमध्ये ३३ हजार ७ सय कित्ता सामूहिक लगानी कोष र १० हजार ३७० कित्ता कर्मचारीहरुको लागि छुट्ट्याएको छ । सर्वसाधरण लगानीकर्ताले ६ लाख २९ हजार ९३० कित्ता सेयरका लागि आवेदन गर्न पाउनेछन् । जेठ १६ गतेसम्म आईपीओमा आवेदन गर्न पाईने निष्काशन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटलले जनाएको छ ।

आईपीओमा न्युनतम एक हजार रुपैयाँ बराबरको १० कित्ता र अधिकतम ३३ हजार ७० कित्तासम्मको लागि आवेदन दिन सकिने बिक्रि प्रबन्धकले जनाएको छ । मेरो सेयरको खातामार्फत अनलाइनबाटै र आस्वा सुविधा प्रदान गर्ने अनुमति पाएका सम्पुर्ण बैंक तथा वित्तीय संस्था आईपीओ आवेदन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment