+
+
Shares

भारतीय पक्षले पानी छोड्दा नेपाली गाउँ डुबानमा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ११ गते २२:३१

११ जेठ, सप्तरी । पूर्व सूचना नदिई भारतीय पक्षले पाइलट च्यानलमार्फत पानी छाड्दा सप्तरीको गोबरगाढामा पानी पसेको छ । पसेको पानीका कारण आवतजावतमा समस्या भएको छ ।

करिब तीन बर्षअघि भारतीय पक्षले कोशी व्यारेजको २८ नम्बर ढोका अगाडिबाट खन्न शुरु गरेको पाइलट च्यानलमार्फत एक्कासी पानी आएको थियो । नयाँ संरचना अनुसार हनुमाननगर–कंकालनी नगरपालिकाको वडा नम्बर १३ बनाइएको गोबरगाढा बर्षाको समयमा प्रायः डुबानमा पर्ने गर्छ ।

तर, भारतीय पक्षले एक्कासी पाइलट च्यानलमार्फत पानी छाड्दा बर्षा अगावै गोबरगाढामा पानी पसेको छ । हनुमाननगर कंकालनी नगरपालिकाका प्रमुख शैलेश साहले भारतीय पक्षले छाडेको पानी गोबरगाढामा पसेको बताए ।

उनका अनुसार छाडिएको पानीका कारण केहि डुंगा बगाएको छ । बर्षाको समयमा गाउँ जान र बाहिर निस्किन प्रयोग गरिने डुँगा बगाएपछि यहाँ अर्काे डुँगा पठाउने तयारी गरिएको मेयर साहले जानकारी दिए ।

पानीका कारण सय बढी परिवार गाउँमै अड्किएका छन् । उनीहरुलाई बाहिर जान र निस्किन समस्या भएको छ । यद्यपि यहाँका बासिन्दाहरु अहिलेसम्म सुरक्षित रहेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?