
१३ जेठ, विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूह वार्तामा आउनुको विकल्प नभएको बताएका छन् ।
राजधानीमा भएको बम विस्फोट, बन्द लगायतका गतिविधि वार्तामा आउनु अघिको अन्तिम गतिविधि भएको उनले बताए ।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘यो बन्द इत्यादि जे गर्नु भएको छ शायद प्रकारान्तरले वार्ताको वातावरण बनाउनकै लागि हो कि ? मैले चाहिँ त्यसरी बुझेको छु ।’
वार्तामा आए प्रतिबन्ध हट्छ भन्ने प्रश्नमा उनले यो ठूलो विषय नभएको बताए ।
उनले एकाध बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता नडगमाउने बताएका छन् । उनले सबै मिलेर समृद्धि र विकासमा अगाडि बढ्नुको विकल्प नभएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4