Comments Add Comment

१८ प्रतिशत नागरिक बीमाको पहुँचमा

१३ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमाको पहुँच विस्तारमा उल्लेखीय सुधार भएको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष ०७५/७६ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षको फागुन महिनामा बीमाको पहुँच १८ प्रतिशत पुगेको जानकारी दिएका हुन् ।

अर्थमन्त्री खतिवडाले बीमा साक्षरताका कारण बीमामा राम्रो सुधार भएको बताए । संसदलाई संवोधन गर्दै अर्थमन्त्री खतिवडाले पहिलो पटक बीमाको पहुँचमा १८ प्रतिशत नागरिक रहेको जानकारी दिएका हुन् ।

नेपालमा बीमाको इतिहास ७ दशक लामो छ । ७० वर्ष भन्दा पहिले नै नेपालमा बीमा व्यवसाय शुरु भएको भए पनि २ वर्ष अघिसम्म बीमामा नागरिकको पहुँच अत्यन्तै कम थियो ।

बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिको नेतृत्व नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेका चिरञ्जीवि चापागाईंले पाए पछि बीमाको पहुँचमा उल्लेखीय सुधार भएको छ ।

राष्ट्र बैंकको पोखरा कार्यालयको निर्देशकमा बहाल रहेकै बेला चापागाईंलाई तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराको सिफरिसमा मन्त्रिपरिषद्ले समितिको अध्यक्षमा नियुक्त गरेको थियो ।

आफ्नो कार्यकालयमा बीमाको पहुँच २५ प्रतिशत पुर्‍याउने घोषणा गरेका चापागाईं चालु आर्थिक वर्षको अन्त्यसम्ममा २० प्रतिशत पुग्ने र आगामी डेढ वर्षभित्रमा २५ प्रतिशत बढ्ने बताएका छन् ।

यही अनुपातमा बढ्ने हो भने अध्यक्ष चापागाईंले घोषणा गरेको लक्ष्य उनको कार्यकाल सकिनु अगावै पुग्ने देखिएको छ । मन्त्रिपरिषद्बाट २०७३ पुसमा अध्यक्षको नियुक्ति पाएका चापागाईंको कार्यकाल अझै डेढ वर्ष बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment