Comments Add Comment

घट्टेकुलो र सुकेधारामा विप्लवको विस्फोट : ३ जनाको मृत्यु, ६ घाइते

१२ जेठ, काठमाडौं । सुकेधारा र घट्टेकुलोमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । ६ जना घाइते भएका छन् ।

सुकेधारा र  घट्टेकुलो  दुबै स्थानमा घटनास्थलमा एक एक जना मृत भेटिएका छन् भने ओम अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । ओम अस्पतालमा मृत्यु हुने सुकेधारा विस्फोटका घाइते हुन् । ओम अस्पतालमा अरु ५ जनाको उपचार भइरहेको छ ।

घट्टेकुलो विस्फोटका घाइते रविन केसीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दुबै विस्फोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको पुष्टि भएको छ । घट्टेकुलो विस्फोटका घाइते केसी विप्लव समूहका विद्यार्थी नेता हुन् ।

सुकेधारा विस्फोटमा घाइते भएका सुरेन्द्र महर्जन विप्लव समूहको भातृ संस्था नेवा मुक्ति मोर्चाका नेता रहेको प्रहरीले जानकारी दिएको छ ।

सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा बम विस्फोट भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिलिण्डर विस्फोट भएको खुलेको छ ।

घट्टेकुलोको विस्फोटबारे हेर्नुहोस् भिडियो

सुकेधारा विस्फोटबारे हेर्नुहोस् भिडियो

यो पनि पढ्नुहोस सुकेधारामा बम विस्फोटका ६ दृश्य यो पनि पढ्नुहोस यस्तो छ घट्टेकुलोमा विस्फोट स्थलको भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment