Comments Add Comment

सत्तारुढ सांसदले नै भने – सांसदलाई बजेट दिनुहुन्न

१४ जेठ, विराटनगर । प्रदेश १ का एक संसदले भने सांसद विकास कोष खारेजीको माग गरेका छन् । सत्तापक्षका सांसद कुलप्रसाद साम्बाले मंगलबार बसेको प्रदेशसभा बैठकमा अन्य सांसदको भन्दा भिन्न माग राख्दै संसद विकास कोष खारेजीको माग गरेका हुन् ।

प्रदेश सभामा पेश भएको विनियोजित विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्रथमिकता र प्रमुख नीतिसहितको पूर्व बजेट सम्बन्धमा छलफलमा भाग लिदै साम्बाले संसद विकास कोष मागी खाने भाँडो बनेको भन्दै खारेजीको माग गरेका हुन् ।

‘एउटै संसदको ५० वटा योजना आवश्यक छैन’,उनले भने ‘यो संसदहरुको मागी खाने भाँडोजस्तो मात्र बनेको छ, सरकारले संसदहरुको निर्वाचन क्षेत्रको विकासका लागि छुटाउने सांसद विकास कोष खारजी गर्नुपर्छ ।’

सांसद साम्बाले संसद विकास कोष खारेजीको माग गरेपनि प्रतिपक्ष नेपाली काग्रेसका सांसद प्रतापप्रकाश हाङ्नामले भने संसद विकास कोष रोक्न नहुने बताए ।
उनले प्रत्येक्ष र समानुपातिक दुबै तर्फकाट निर्वाचत सांसदहरुलाई तत्काल एक रुपताकासाथ संसद विकास कोषको वितरण गरिनुपर्ने बताए ।

‘यहाँ हल्ला सुन्दैछु भएका समानुपातिक सांसदलाई हाफ पर्सेन्ट मात्र दिने अरे’, सांसद हाङनामले भने ‘त्यो चाहिँ बन्दै हुदैन, त्यसो भयो भने हल भित्र अशान्ति होला ।’
त्यसैगरी सत्तापक्षकै सांसद विमल कार्कीले संसद विकास कोषको रकमको अंक बढाउन प्रदेश सरकारसंग माग गरेका थिए ।

सांसद झलकसिंह दर्लामीले पनि सांसद विकास कोष २ करोडबाट बढाएर ५ करोड पु¥याउन सरकारसंग माग गरेका थिए । उनले संसद विकास कोषलाई २ करोडबाट बढाएर ५ करोड पु¥याएर प्रदेश सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा समावेश गर्न आग्रह गरेका थिए ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङम्बोले मंगलबार बसेको प्रदेश सभाको बैठकमा विनियोजित विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिसहितको पूर्वबजेट छलफलका लागि पेश गरेको प्रस्ताव प्रदेशसभाले स्वीकृत गरेको छ ।

मंगलबारको प्रदेश सभा बैठकमा सत्तापक्ष र प्रतिपक्षका एक दर्जन सांसदले पूर्वबजेटको छलफलमा भाग लिँदै आ–आफनो धारण राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment