Comments Add Comment

विकास र समृद्धिको युगको आरम्भ : मुख्यमन्त्री पौडेल

१५ जेठ, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकास र समृद्धिको युगको आरम्भ भएको बताएका छन् ।

११औं गणतन्त्र दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले जनतासामु गरेका प्रतिबद्धता अनुसार नीति, योजना र कार्यक्रम तय गरेको बताए ।

उनले जनतामा आशा र उत्साह अवस्था सिर्जना भएको बिश्वास व्यक्त गरे । ‘नेपाल बन्छ, बनाउन सकिन्छ आत्मविश्वास जागेको छ,’ उनले भने ।

संघीयताले गणतन्त्रको अनुभूति गराएको भन्दै उनले विस्तारै प्रदेश सरकारको अपनत्व जनताले गर्दै गएको बताए ।

मुख्यमन्त्री पौडेलले मुलुकमा जनआन्दोलनले जनताको लागि राजनीतिक अधिकार प्राप्त गरेपनि जनतालाई आर्थिक समृद्धि र दिगो विकासको पूर्वाधारलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले गणतन्त्रमा जनताको अवस्थाबारे समीक्षा गरेर अब राजनीतिक दलहरुले आर्थिक क्रान्तिमा ध्यान दिनुपर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment