
१५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला बैंकहरु एकआपसमा गाभ्ने÷ गाभिने कार्यलाई प्रोत्साहन गरिने बताएका छन् ।
ठूला बैंकहरुको संख्या घटाउनु पर्ने विषय चर्चामा आइरहेका बेला आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले बिग मर्जरका लागि प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने बताएका हुन् ।
यो व्यवस्था बीमा कम्पनीहरुमा पनि लागु हुने अर्थमन्त्री खतिवडाले बताए । उनले बीमाको पहुँच गत वर्षको भन्दा दोब्बर बढेको जानकारी दिदै थप पहुँच विस्तारका लागि घुम्ती बीमा सञ्चालन गरिनेसमेत जानकारी दिए ।
अर्थमन्त्री खतिवडाका अनुसार गत वर्ष १४ प्रतिशत रहेको बीमाको पहुँच हालसम्म १८ प्रतिशत पुगिसकेको छ ।
उनले हरेक नेपालीको बैंक खाता अभियानलाई प्रभावकारी ढंगबाट अघि बढाइने समेत जानकारी दिए । सहुलियत कर्जा पनि सहज तरिकाले उपलब्ध गराउन नीति सुधार गरिने बताए ।
सुन र चाँदी लगायत बहुमुल्य धातु बैंकमा निक्षेपको रुपमा जम्मा गर्ने् व्यवस्था गरिने उनले बताए ।
प्रतिक्रिया 4