Comments Add Comment

भारतीय चेन रेस्टुरेन्ट ‘मामागोतो’ अब नेपालमै

१६ जेठ, काठमाडौं ।  अजर हस्पिटालिटिद्वारा सञ्चालित भारतको प्रख्यात रेस्टुरेन्ट चेन प्यानएशियाको ‘मामागोतो’ रेस्टुरेन्ट नेपालमा पनि सुरु भएको छ ।

प्यानएशियाको यो नेपालमा पहिलो अन्तर्राष्ट्रिय चेन हो । नेपालका लागि आधिकारीक साझेदारका रुपमा नेपालका स्थापित घरानाका दुई युवा सुमित अत्री र सिभान्त पाण्डे छन् । काठमाडौंको पानीपोखरीमा अवस्थित मामागोतो रेस्टुरेन्ट आकर्षक रुपमा तयार गरिएको छ ।

यहाँ पाइने खानाको स्वादमा विभिन्न परिकारको ‘फ्युजन’ समेत गरिएको छ । आकर्षक एवं आनन्ददायी वातावरण, शान्त परिवेश रेस्टुरेन्टका विशेषता हुन् ।

४२ सय स्क्वायर फिटमा फैलिएको यस रेस्टुरेन्टमा एकै पटक १ सय २५ ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने क्षमता रहेको बताइन्छ ।

साथै पर्याप्त पार्किङको सुविधा यहाँ छ । रेस्टुरेन्ट बिहान ११ बजेदेखि रातको ११ बजेसम्म खुल्ला रहन्छ । भारतमा विभिन्न ९ वटा सहरमा यसका शाखाहरु सञ्चालित छन् भने नेपालमा यो प्यानएशियाको पहिलो अन्तर्राष्ट्रिय आउटलेट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment