Comments Add Comment

‘गलबन्दी’की लजालु अञ्जली रियलमा छिन् यस्ती हट

गायक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको नयाँ दोहोरी गीत ‘गलवन्दी‘ यतिबेला सामाजिक सञ्जालमा ‘हट टपिक’ बनेको छ । तर, गीतका गायक गायिकालाई ओझेलमा पार्ने गरी सर्वाधिक चर्चा भइरहेको छ, मोडल अञ्जली अधिकारीको ।

गीतको भिडियोमा अञ्जलीको ‘एक्सप्रेसन’ ले सबैलाई लठ्ठ बनाएको छ । उनी अति लजालु गाउँले युवतीको रुपमा देखिएकी छिन् । सामान्य शब्द र औसत स्तरको गीतलाई भिडियोले जुरुक्कै माथि उठाएको छ । ३ दिनमा २६ लाखभन्दा बढीले हेरिसकेको भिडियो एक महिनाभित्र एक करोड क्लवमा प्रवेश गर्नेमा शंका छैन । टिकटकमा पनि यो गीत अत्यधिक लोकप्रिय बनिरहेको छ।

यसअघि प्रकाश सपुतकै ‘बोलमाया’ बोलको गीतमा पनि अञ्जलीले मोडलिङ गरेकी थिइन् । सो मर्मस्पर्शी गीतमा पनि अञ्जलीको अभिनयलाई रुचाइएको थियो । पैसा कमाउन विदेश गएका श्रीमान लाश बनेर बाकसमा आउँदा गर्भवती श्रीमतीको बेदनालाई उनले जिवन्तरुपमा प्रस्तुत गरेकी थिइन् । सोही गीतको ‘पि्रक्वेल’ बताइएको गलबन्दीमा चाहिँ उनले विहे पूर्व रोदीमा दोहोरी गाएको देखाइएको छ । गायक प्रकाश सपुतले भिडियोमा अञ्जलीलाई साथ दिएका छन् ।

यो गीतले बोलमायाको स्तरलाई छुन नसके पनि भिडियोले गर्दा भ्युज पाएको छ । भिडियोमा प्रकाश सपुतको चञ्चलता र अञ्जलीको लजालु अभिनयलाई दर्शकहरुले प्रशंसा गरेका छन् । उनको हुलिया हेर्दा यसअघि दोहोरी ब्याटल २ मा गाउने जंगी प्रकाश सपुत यिनै हुन् भनेर पत्याउनै गाह्रो हुन्छ । लगातार एकपछि अर्को हिट गीत दिइरहेका प्रकाशलाई यो दोहोरीले थप उचाईमा पुर्‍याउने पक्का छ । तर, सबैभन्दा बढि फाइदा भने अञ्जलीलाई नै भएको छ ।

को हुन् अञ्जली ?

सानैदेखि नृत्यमा सौखिन बर्दियाकी अञ्जलीले आफ्नो सपना पूरा गर्न एसएलसीपछि घरबाट भागेर काठमाडौं आएकी थिइन् । उनलाई गायक बद्री पंगेनलीले एउटा दोहोरी साँझमा नृत्यांगनाको रुपमा काम दिलाएका थिए ।

दोहोरी साँझमा नृत्य गरेर व्यवसायिक कलाकारिता सुरु गरेकी अञ्जलीले अहिलेसम्म २ सयभन्दा बढी म्युजिक भिडियोमा खेलिसकेकी छन् । गत वर्ष आएको प्रकाश सपुतकै ‘बोल माया’ गीतको भिडियोले उनलाई ख्याती दिलाएको हो । सुन्दरता र अभिनयको संगमले उनलाई सफलताको उचाइमा पुर्‍याइरहेको छ ।

अहिले मेला-महोत्सवहरुमा उनको डिमान्ड बढेको छ भने चलचित्रमा पनि उनलाई अफर आउन थालेको छ । सन्तोष सेनले निर्माण गर्न लागेको चलचित्र प्रेमगीत-३ मा मुख्य नायिकाका लागि अञ्जलीले आवेदन दिएकी थिइन् । उनी २ हजार ७१४ जना प्रतियोगीबाट टप २५ मा छनोट भएकी छिन् । अब २५ जनाको अडिसनबाट नायिका छनोट गरिने छ । तर, निर्माता सेन परिचित अनुहारलाई फिल्ममा नलिने मुडमा रहेको बुझिएको छ ।

भिडियोमा सोझी गाउँले युवतीको रुपमा रुचाइएकी अञ्जली वास्तविकतामा भने फरक छिन् । फेसबुकमा उनले राखेका तस्वीरहरुमा उनको ‘हट’ अवतार देख्न सकिन्छ ।

तस्वीरहरू ः अञ्जलीको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment