+
+
Shares

छानिए प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल नेपाल २०१९ विजेता

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १४ गते १९:४२

१४, जेठ, काठमाडौं । गत आइतबार त्रिपुरेश्वरस्थित ब्लु स्टार इभेन्ट्स भेन्युमा संचालन भएको प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल नेपाल २०१९ को ग्राण्ड फिनालेमा यशस्वी राणाले टिन ट्यालेन्ट, पर्सनालिटी, वेष्ट इन्ट्रोडक्सन, वेष्ट रनवे विधाको अवार्ड सहित टिन पि्रन्सेस् इन्टरनेसनल नेपाल २०१९ को ताज पहिरिन सफल भएकी छिन् ।

प्रतियोगितामा पूणिर्मा गुरुङ फ्रेन्डशीप विधाको अवार्ड सहित प्रि टिन प्रिन्सेस इन्टरनेसनल नेपाल २०१९ को विजेता बन्न सफल भइन् ।

लिटिल पि्रन्स एण्ड पि्रन्सेस् इन्टरनेसनल नेपाल २०१९ का रुपमा प्रायुश श्रेष्ठ र न्यान्सी गुरुङ सफल रहे । न्यान्सीले प्रतियोगितामा वेष्ट इन्टरभ्यु र लिटिल ट्यालेन्ट अवार्ड पनि उचालिन् ।

यसैगरी मिनी प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल नेपाल २०१९ का रुपमा इथन तामाङ र दृष्टिना शाक्य चयन भएका छन् । इथन मिष्टर फोटोजेनिक र मिष्टर वेष्ट ड्रेस अवार्ड पनि सफल रहे भने दृष्टिना मिनि ट्यालेन्ट विधाका पनि विजेता बनिन् ।

उल्लेखीत मिनी, लिटिल, प्रि टिन तथा टिन विधाका विजेताहरुले आगामी जुलाई ९ देखि १५ सम्म थाइल्याण्डको बैकक, अयुथ्या र पटाया शहरमा संचालन हुने १९ औं संस्करणको पि्रन्स एण्ड पि्रन्सेस् इन्टरनेसनल २०१९ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।

ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.ई.इ.को आयोजनामा रोजिन शाक्यको कोरियोग्राफीमा संचालन भएको सो प्रतियोगितामा ओजस बस्नेत वेष्ट स्माइल, आहाना अर्याल चार्मिङ, दृष्य शाक्य मिष्टर पर्सनालिटी, सत्विशा भण्डार मिस फोटोजेनिक, काव्य तिमल्सिना लिटिल मल्टिमिडिया, अनिशा श्रेष्ठ टिन मल्टिमिडिया तथा किन्जल तिमल्सिना मिस वेष्ट ड्रेस अवार्डका विजेता चयन गरिएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?