Comments Add Comment

ए डिभिजन लिग मंसिर दोस्रो सातादेखि

१७ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता मंसिर दोस्रो सातादेखि गर्ने भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार बसेको कार्यसमिति बैठकले मंसिर १२ गतेदेखि लिग सुरु गर्ने निर्णय गरेको हो ।

त्यसपछि राष्ट्रिय लिग हुनेछ, जसमा एन्फा प्रेसिडेन्ट कप उत्कृष्ट चार र ए डिभिजन लिगका उत्कृष्ट ६ टिम गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

एन्फाले पहिलो पटक आयोजना गर्न लागेको प्रेसिडेन्ट कपमा भने सात प्रदेशका सात टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रदेश लिगबाट उत्कृष्ट हुने टिमले प्रेसिडेन्ट कप खेल्नेछन् ।

प्रदेश लिग सञ्चालन गर्न प्रदेश १ मा किरण राई, प्रदेश २ मा नेपाल कार्की, प्रदेश ३ मा बाबुकाजी बस्नेत, प्रदेश ५ मा भुपेन्द्र जंग थापा, प्रदेश ६ मा भीमबहादुर थापा र प्रदेश ७ मा प्रकाश विष्टको संयोजकत्वमा लिग सञ्चालन गर्न समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment