Comments Add Comment

बजेट खुद्रे आयोजनामै अल्मलियो : पूर्वअर्थमन्त्री कार्की

२० काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक वर्षको बजेट खुद्रे आयोजनामा अल्मलिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफलमा भाग लिँदै उनले सरकारले ठूला आयोजनामा ध्यान नदिएको बताए ।

संघीयताको मर्म विपरीत प्रदेश तथा स्थानीय तहहरुले सम्पन्न गर्नुपर्ने काम पनि आफैले राखेर सरकार टुक्रे आयोजनामै अल्मलिएको उनले आरोप लगाए ।

‘संघले त ठूला परियोजनातर्फ ध्यान दिनुपर्ने हो तर यो सरकार टुक्रो आयोजनामै अल्मलिएको छ’ उनले भने, ‘सरकारले स्थानीय तहहरुलाई दिनुपर्ने आयोजना पनि दिएको छैन ।’

बजेटमार्फत सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य पुरा नहुने पनि उनले दावी गरे । ‘राजश्व संकलनको अवस्था पनि उत्साहप्रद छैन, अर्थतन्त्रका आधारहरु कमजार भइरहेका बेला कसरी ८.५ प्रतिशतको आथिृक वृद्धि हासिल हुन्छ’ पूर्वअर्थमन्त्री कार्कीले भने, ‘यसको जवाफ सरकार र सरकारका अर्थमन्त्रीले यस सम्मानित सदनमार्फत मुलुकलाई दिन जरुरी छ ।’

सरकारले लिएको ५ लाखलाई रोजगारी दिने लक्ष्य पनि उडन्ते लक्ष्य भएको उनले टिप्पणी गरे । २९ प्रतिशत वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्नुको कारण मलेसियाको रोजगारी भएको बताए ।

उनले वैदेशिक ऋण परिचालनको लक्ष्य पनि पूरा नहुने बताए । व्यापारघाटा न्युनीकरण गर्ने उपाय बजेटमा आफूले पढ्न नपाएको समेत उनले बताए । सरकारले आगामी आर्थिक वर्षका लागि सिञ्चाईं क्षेत्रका लागि २३ अर्ब रुपैयाँ बजेट छुट्याएको भन्दै त्यो पर्याप्त नभएको उनले बताए ।

बजेटले जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा नराखेको आरोपसमेत उनले बताए । २० अर्बको विजुली अहिले पनि भारतबाटै ल्याउनु पर्ने बाध्यता रहेको भन्दै यसलाई घटाउनेतर्फ बजेटले सोच्न नसकेको बताए । जलस्रोतको सम्भावना धेरै हुँदाहुँदै पनि सरकारको बजेटले त्यसलाई चिन्न नसकेको उनको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment