Comments Add Comment

मोरङ प्रशासनले रोक्यो ब्यापार संघको चुनाव

२० जेठ, विराटनगर । मोरङ व्यापार संघको निर्वाचन प्रक्रिया तत्काललाई रोक्न जिल्ला प्रशासन कार्यालय मोरङले निर्देशन दिएको छ ।

मोरङ व्यापार संघको निर्वाचन समितिले मतदाता नावामली प्रकाशन गर्दा व्यक्तिको नाम बाहेक संस्थाको मात्र नाम प्रकाशनपछि उत्पन्न विवाद निरुपण नभएसम्म्ाका निर्वाचन रोक्न स्थानीय प्रशासनले निर्देशन दिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा संघका निवर्तमान अध्यक्ष अविनाश बोहोरा र महासंघका प्रदेश १ उपाध्यक्ष राजेन्द्र राउतले हिजो निर्वाचन प्रक्रिया र सदस्यता शुल्कको बिवादको अन्त्य नभएरसम्म्मका लागि निर्वाचन स्थगन गर्न माग गर्दै स्थानीय प्रशासनमा निवेदन दिएका थिए ।

बोहोरा र राउतको निवेदनपछि स्थानीय प्रशासनले व्यापार संघलाई लिखित निर्देशन गरी निर्वाचन प्रक्रिया अघि नबढाउन भनेको हो ।

प्रशासन कार्यालयले र्फम कम्पनीका हकमा प्रोप्राइटर, साझेदार, र्फम संचालकको पूरा नामथर उल्लेख नभएको र सदस्यता नवीकरण गर्न एक्कासी १ हजारबाट २५ हजार रुपैयाँ नवीकरण शुल्क पुर्‍याइएको साथै निर्वाचन मिति २०७४ वैशाख २२ गते लेखिएको सम्बन्धमा स्पष्ट नपारुन्जेल चुनाव रोक्न निर्देशन दिएको हो ।

व्यापार संघको निर्वाचन समितिले आज सोमबारका लागि मनोनयन दर्ता र २४ गतेलाई निर्वाचनको कार्यतालिका प्रकाशित गरेको थियो ।

२००८ सालमा स्थापना भएको मोरङ व्यापार संघ नेपालकै पुरानो उद्योग वाणिज्य संघ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment