Comments Add Comment

नयाँ आइफोनका लागि एप्पलले ल्याउँदैछ आइओएस १३

एप्पलले आइफोेन तथा आइप्याडका लागि नयाँ संस्करणको अपरेटिंग सिस्टम लञ्च गरेको छ ।

कम्पनीले आफ्नो वार्षिक वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्स (डब्लुडब्लुडिसी २०१९) मा का क्रममा यसको घोषणा गरेको हो ।

यसक्रममा एप्पलले आफ्नो आइप्याण्डका लागि छुट्टै अपरेटिंग सिस्टमको घोषणा गरेको छ । जसको नाम आइप्याड ओएस रहेका छ । एप्पलका अनुसार अब आइप्याडमा आइओएस १३ का सबै फिचरका साथै आइप्याड ओएसका एक्सक्लूसिभ फिचर पनि रहनेछन् ।

नयाँ आइओएस १३ को अपडेट आइफोन सिक्स तथा त्यसपछिका डिभाइसका लागि उपलब्ध हुनेछ ।

आइफोन सिक्स भन्दा अगाडिका आइफोनहरुमा पनि आइओएस १३ चल्नेछैन ।

त्यस्तै आइप्याड ओएस पनि आइप्याड एयर टू, आइप्याड मिनी फोर र त्यसपछिका आइप्याडमा पनि चल्नेछ ।

एप्पलका अनुसार ८५ प्रतिशत आइओएस प्रयोेगकर्ताहरु अपरेटिंग सिस्टमको पछिल्लो संस्करणमा रहेका छन् । सिइओ टिम कुकका अन’सार नयाँ अपरेटिंग सिस्टम आइओएस १३ ले आइफोनको गतिलाई तिव्र बनाउनेछ भने यसको एप साइज सानो हुनेछ ।

एप्पलले यो सँगै डार्क मोड पनि लञ्च गरेको छ । आइओएस १३ सँगै आइफोन र आइप्याडमा डार्क मोड पनि रहनेछ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment