+
+
Shares

सुपुष्पाको उत्साह

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २१ गते १३:४५

‘रणवीर’ डेब्यू नायिका सुपुष्पा भट्ट अहिले उत्साहित छिन् । पहिलो चलचित्र असफल हुँदा उनले निर्वाहा गरेको भूमिकाको प्रशंसा भएको थियो । यसैले, पनि सुपुष्पालाई चलचित्रको अफर आइरहेको थियो, तर उनले ब्यानर र टिम हेरेको देखिन्छ ।

सुपुष्पा भट्ट अहिले दशैंमा रिलिज हुन लागेको चलचित्र ‘छ माया छपक्कै’मा काम गरिरहेकी छिन् । यो चलचित्रको ब्यानर र टिमका कारणले उनले छोटो भूमिकामा काम गर्नका लागि राजी भएको कुरालाई नकार्न सकिदैन ।

सुपुष्पा यो चलचित्रसँग जोडिन पाउँदा उत्साहित देखिएकी छिन् । सुपुष्पाले चलचित्रको छायांकनको क्रममा रमाएका तस्वीर र भिडियो सामाजिक संजालमा शेयर गरेर आफ्नो उत्साह व्यक्त गरेकी छिन् ।

यो चलचित्रको मुख्य नायिका केकी अधिकारी हुन् । सुपुष्पाको भने विशेष तर छोटो भूमिका रहेको निर्माणपक्षले बताएको छ । सुपुष्पा सोही भूमिका गर्न पाउँदा पनि उत्साहित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?