+
+
Shares

‘बेहुली’ शुक्रबारदेखि २३ अमेरिकी राज्यमा प्रदर्शनमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १४:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्जुन पोखरेलले निर्माण गरेको फिल्म ‘बेहुली’ १८ सेप्टेम्बरदेखि अमेरिकामा प्रदर्शन हुने भएको छ।
  • सेभेन सिज इन्टरनेसनलले फिल्मलाई २३ अमेरिकी राज्यका हलमा रिलिज गर्न लागेको छ।
  • निर्माता पोखरेलले फिल्मलाई अन्य मुलुकमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको बताएका छन्।

काठमाडौं । अर्जुन पोखरेलले निर्माण गरेको फिल्म ‘बेहुली’ शुक्रबारदेखि अमेरिकामा रिलिज हुने भएको छ । निर्माताद्वारा प्रेषित विवरणमा जनाइएअनुसार, यो फिल्म १८ सेप्टेम्बरदेखि त्यहाँ प्रदर्शन हुन लागेको हो ।

सेभेन सिज इन्टरनेसनलले यो फिल्मलाई २३ अमेरिकी राज्यका हलमा प्रदर्शनमा ल्याउन लागेको हो । जसअनुसार, यो फिल्म
टेक्सास, एरिजोना, केन्टकी, मेरिल्यान्ड, कोलोराडो, मिजौरी, नेब्रास्का, ओहायोमा लाग्नेछ ।

साथै इलिनोइस, नेभाडा, न्यूयोर्क सिटी, नर्थ क्यारोलाइना, नर्थ डकोटा, ओरेगन, पेन्सिलभेनिया, साउथ डकोटा, युटा, क्यालिफोर्निया, आयोवा, विस्कन्सिन, अलास्का, म्यासाचुसेट्स र न्यु ह्याम्पसायरमा प्रदर्शनमा आउनेछ ।

अमेरिकाका विभिन्न राज्यमा रहेका सिनेमार्क, मार्कस, हार्किन्स, एप्पल सिनेमाजलगायतका हलमा फिल्म रिलिज हुने जनाइएको छ । फिल्मलाई अन्य मुलुकमा समेत प्रदर्शनको तयारी भएको निर्माता पोखरेलले जनाए ।

अहिले नेपालमा प्रदर्शन भैरहेको यो फिल्ममा पारस बम, दिब्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?