+
+
Shares

‘बेहुली’ को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक, पारस र दिब्याको छमछमी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ९ गते २०:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २६ भदौमा प्रदर्शन हुने फिल्म ‘बेहुली’को प्रवर्धन गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ ।
  • गीतमा निर्माता अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर छ ।
  • सन्तोष कँडेलले निर्देशन गरेको फिल्ममा पारस बम, दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङ मुख्य भूमिकामा रहेका छन् ।

काठमाडौं । २६ भदौदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली’को प्रवर्धन गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ । आयोजित प्रेसमिटमा लोक स्वादको गीत सार्वजनिक गरियो ।

गीतमा निर्मातासमेत रहेका अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको गायन समावेश छ । नरेश बिबिसीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

पारस बम, दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङ गीतमा फिचर्ड छन् । सियोन श्रेष्ठले गीतको नृत्य निर्देशन गरेकी हुन् । यही फिल्मबाट फिल्म निर्माणमा हात हालेका पोखरेलले यो गीत प्रचारप्रसारका लागि फरक स्वादमा तयार पारिएको बताए ।

सन्तोष कँडेलको निर्देशन र माधव शर्माको पटकथा रहेको फिल्मलाई द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । पोखरेल प्रस्तुतकर्ता, प्रताप राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?