+
+
Shares

संगीतकार पोखरेल अब फिल्म निर्माता, कुल ब्वाय र दिब्यालाई लिएर ‘बेहुली’ को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फिल्मका संगीतकार अर्जुन पोखरेलले निर्माण गर्न लागेको पहिलो फिल्म ‘बेहुली’ को छायांकन बिहीबारदेखि सुरु भएको छ।
  • ‘बेहुली’ को निर्देशन सशान कँडेलले गर्नेछन् र फिल्मको पटकथा माधव शर्माले लेखेका हुन्।
  • फिल्मको छायांकन काठमाडौं, जिरी, सिन्धुली, इलाम, काँकडभिट्टा र भारतको सिक्किममा ४५ दिनसम्म हुनेछ।

काठमाडौं । नेपाली फिल्मका प्रसिद्ध संगीतकार अर्जुन पोखरेल अब निर्माणमा होमिएका छन् । उनले निर्माण गर्न लागेको पहिलो फिल्म ‘बेहुली’ को छायांकन बिहीबारदेखि सुरु भएको छ ।

शुभसाइत पूजा गर्दै फिल्मको ४५ दिने छायांकन तालिका सुरु भएको हो । २ दशकदेखि फिल्ममा हिट गीतहरू दिएका अर्जुनले डेब्यू निर्माणलाई लिएर उत्साह व्यक्त गरे ।

‘होस्टेल ३’ फेम्ड सशान कँडेल ‘सन्तोष’ले निर्देशन गर्ने यो प्रेमकथा र पारिवारिक विषयवस्तुको फिल्मको पटकथा माधव शर्माले लेखेका हुन् । यसमा पारस बम ‘कुल ब्वाय’, दिब्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सरिता गिरी, सन्तोष बानियाँ, लोकेन्द्र लेखकको शीर्ष भूमिका हुनेछ ।

यस फिल्ममार्फत युवा र पारिवारिक दर्शकलाई हलसम्म ल्याउन सकिने आशा निर्माता पोखरेलले व्यक्त गरे । वर्षेनी एउटा फिल्मको निर्माण गर्ने योजनासहिट आफू अघि बढेको उनले बताए ।

‘म नियमित फिल्म बनाउँछु र वर्षमा एउटा बनाउने योजना छ’ पोखरेलले भने । आफू चलचित्र क्षेत्रबाटै आएको जनाउँदै उनले अर्को पक्षबाट भएपनि चलचित्रमा योगदान दिन चाहेको उनले बताए ।

उनले भने, ‘म चलचित्र क्षेत्रबाटै आएको मान्छे हुँ । चलचित्रमा संगीतको काम गरियो । अहिले पनि ४/५ वटाको काम गरिरहेको छु । आफूले यो क्षेत्रलाई अर्को पाटोबाट केही गरौं भन्ने सोच आएको थियो । स्क्रिप्ट राम्रो लाग्यो र २ वर्षदेखि यसमा काम गरिरहेका थियौं ।’

‘बेहुुली’ को निर्मातामा प्रताप राना पनि जोडिएका छन् । कार्यकारी निर्मातामा सुमन तामाङ, सहायक निर्मातामा दुर्गा खरेल र रमेश सिलवाल, क्रिएटिभ प्रोड्यूसरमा शंकर कोइराला छन् । द डिभाइन म्युजिक र सम्मान इन्टरटेनमेन्टको प्रस्तुतिमा फिल्म निर्माण हुन लागेको हो ।

४५ दिने छायांकन तालिकासहित फ्लोरमा निस्किएको फिल्मको सुटिङ काठमाडौं, जिरी, सिन्धुली, इलाम, काँकडभिट्टा हुँदै भारतको सिक्किम सम्म हुनेछ । नरेन्द्र मैनालीले छायांकन गर्दैछन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?