+
+
Shares

‘बेहुली’ को ट्रेलर सार्वजनिक, कमाइको ५ प्रतिशत प्रधानमन्त्री कोषमा दिइने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते ११:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रदर्शन तयारीमा रहेको फिल्म ‘बेहुली’को ट्रेलर सार्वजनिक गरिएको छ ।
  • निर्माता अर्जुन पोखरेलले बाढी प्रभावितलाई सहयोग गर्न कुल कमाइबाट आफ्नो हिस्साको ५ प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दिने बताए ।
  • सशान कँडेलको निर्देशन र माधव शर्माको पटकथा रहेको फिल्ममा पारस बम, दिब्या रायमाझी, सुशान्त कार्की, पदम गिरी र सन्तोष बानियाँ छन् ।

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘बेहुली’ले ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरले कथावस्तु र चरित्र चित्रणलाई संक्षिप्तरुपमा प्रकाश पार्छ ।

आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो । सो अवसरमा बोल्दै निर्माता अर्जुन पोखरेलले बाढी प्रभावितलाई सहयोग गर्ने घोषणा गरे ।

कुल कमाइबाट निर्माताको हिस्सामा आउने ५ प्रतिशत रकम प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा आउने उनले बताए ।

चर्चित संगीतकार पोखरेल यो फिल्मबाट पहिलोपटक निर्माताको रुपमा आएका हुन् । ट्रेलर हेर्दा, उनले आफ्नो सांगीतिक विशेषतालाई फिल्मभित्र पनि समेटेको देखिन्छ ।

सशान कँडेलको निर्देशन र माधव शर्माको पटकथा रहेको फिल्ममा पारस बम, दिब्या रायमाझी, सुशान्त कार्की, पदम गिरी, सन्तोष बानियाँ लगायतलाई चित्रण गरिएको छ ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति बनेको फिल्ममा प्रताप राणा निर्माता हुन् । कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?