Comments Add Comment

‘दाल भात तरकारी’पछि आँचलको कुन फिल्म ?

नायिका आँचल शर्माले यो बर्षको पहिलो महिनामा रिलिज भएको चलचित्र ‘दाल भात तरकारी’मा काम गरिन् । यो चलचित्रले समिक्षागत रुपमा राम्रो प्रतिक्रिया पाएन । आँचलको भूमिका पनि संझनलायक थिएन । यसैले पनि यो चलचित्र गरेर आँचललाई के फाइदा भन्ने प्रश्न पनि उठ्न सक्छ ।

गतबर्ष ‘ब्ल्याक’ नामक चलचित्रबाट खासै राम्रो तारिफ नपाएकी आँचलले यो बर्ष रिलिज भएको चलचित्र ‘दाल भात तरकारी’ हिट भएपनि त्यसबाट फाइदा लिन सकिनन् । अब, आँचलको नयाँ प्रोजेक्ट के त ? उनका फ्यानहरुका लागि यो प्रश्न उब्जन सक्छ ।

आँचलले शर्माले चलचित्र ‘डामाडोल’मा काम गर्ने पक्का भएको छ । तर, यो चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ आँचललाई पनि थाहा छैन । यो बाहेक आफूले अरु चलचित्रमा काम गर्ने पक्का नभएको आँचलले बताइन् । आँचल भन्छिन्–‘चलचित्रको अफर त आइरहेको छ । तर, टिम र सहकर्मी कलाकार पनि मनपर्ने हुनुपर्छ । यो कुरा नमिलेपछि काम मात्र गर्छु भनेर पनि हुँदैन ।’

आँचलले आफूलाई एक्सन भूमिकाको चलचित्रमा काम गर्न मन लागेको बताइन् । तर, महिला केन्द्रित एक्सन चलचित्र नेपालमा कमै बन्ने गरेको छ । आँचलले राम्रो कथा पाएको खण्डमा काम गर्ने सोच बनाएकी छिन् । यसका लागि केही समय खाली बस्नुपरेपनि आफूलाई खासै फरक नपर्ने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment