Comments Add Comment

नम्रता भन्छिन्–‘स्क्रिप्ट पढ्दा नै त्यसमा अभिनय देख्नुपर्छ’

नायिका नम्रता श्रेष्ठले अभिनय गरेको चलचित्र ‘जाइरा’मा उनको भूमिका हेरेर प्रशंसा धेरै आइरहेको छ । नम्रताले यो चलचित्रका लागि आधा बर्ष नै मिहिनेत गरिन्, मार्सल आर्ट सिकिन्, जीम धाइन् । चलचित्रको शिर्ष भूमिकामा नम्रता नै छिन् । उनको नै बदलाको कथामा यो चलचित्र बनेको छ ।

नम्रता श्रेष्ठ बर्षमा एउटा चलचित्र मात्र गर्छिन् । तर, उनले निर्वाहा गरेको भूमिका बलियो हुन्छ । यस अर्थमा, उनी महिला केन्द्रित चलचित्रमा बढी ध्यान दिइरहेकी छिन् भन्ने देखाउँछ ।

लभ स्टोरी चलचित्रबाट उदाएकी नम्रता अहिले नायकलाई केन्द्रमा राखेको भन्दा पनि आफ्नो पावरफूल भूमिका भएको चलचित्रमा बढी लोभिएकी छिन् ।  ‘क्लासिक, प्रसाद, जाइरा’ यसका उदाहरण हुन् । तर, नायिका श्रेष्ठले भने चलचित्रमा काम गर्दा आफूले महिला वा पुरुष केन्द्रित भनेर नहेर्ने बताइन् । उनले भनिन्–‘म सबैभन्दा पहिलो त स्क्रिप्ट हेर्छु । मैले त्यो कथामा काम गर्न सक्छु वा सक्दिन भनेर निर्णय लिन्छु ।’ उनले अगाडि भनिन्–‘मैले स्क्रिप्ट पढ्दा नै मैले अभिनय गरेको देख्न सकेँ भने गर्छु नत्र गर्दिनँ । म आफू त्यो भूमिकामा पहिला आत्मविश्वासी हुन आवशयक छ ।’

नम्रताले चलचित्रमा काम गर्दा निर्माताको कोणबाट पनि सोच्न पर्ने बताएकी छिन् । महंगो लगानी भएको चलचित्रमा आफूले कामै गर्न नसकेपनि हुन्छ भनेर भन्न नहुने नम्रताको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment