+
+
Shares

बालबालिकाका लागि कतार एयरवेजको मनोरञ्जनात्मक कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २२ गते १८:२९

२२ जेठ, काठमाडौ ।कतार एयरवेजले रमादान र ईदको अवसरमा अनाथ बालबालिकाका लागि विशेष कार्यक्रम आयोजना गरेको छ।

एयरवेजले कतार च्यारिटीसँगको सहकार्यमा प्रयास नेपाल, अन्डर प्रिभिललेज्ड् चिल्ड्रेन्स एजुकेशन प्रोग्राम (युसिइपि) नेपाल, मैत्रेय फाउण्डेशन नेपाल र साङ्ग्रिला अर्फनेज होमको सहकार्यमा

काठमाडौँका चार अनाथालयका १०० बालबालिकाहरुका लागि कार्यक्रम आयोना गरेको छ। काठमाडौँको होटल अन्नपूर्णमा आयोजित उक्त कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको विशेष उपस्थिति रहेको थियो।

जादु प्रदर्शन, फेस–पेन्टिङ, बाउन्सी क्यासल र विभिन्न खेल र मनोरञ्जनात्मक गतिविधिहरुले भरिपूर्ण कार्यक्रममा वनले बालबालिकाहरुलाई उपहारहरु पनि प्रदन गरेको एयरवेजले जनाएको छ।

अनाथालयका बालबालिकाहरुका लागि यति गर्ने अवसर पाएकोमा नेपालका लागि कतार एयरवेजका स्थानीय प्रमुख मोहम्मद एल ईमामले खुसी ब्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?