Comments Add Comment

बस र ट्याङ्कर ठोक्किदा १८ घाइते

२६ जेठ, चितवन । चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको  ना १ क ६४११  नम्बरको को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नम्बरको बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आइतबार बिहान ११.३० बजे एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन् ।

घाइतेमध्ये चारको अवस्था जटिल रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये  ६ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको र अन्यको सोही  पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अहिले दुबै बस र तीनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment