Comments Add Comment

काठमाडौंमा दिउँसो ट्रक नरोक्न मन्त्रीलाई चेम्बरको पत्र

२६ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा दिउँसोको समयमा मालबाहक गाडी चल्न प्रतिबन्ध लगाउने निर्णय सच्याउन नेपाल चेम्बर अफ कमर्शले सरकारलाई आग्रह गरेको छ ।

चेम्बरले आइतबार भौतिक पूर्बाधार तथा यातायात मन्त्री रघुविर महासेठलाई पत्राचार गर्दै आपत्ति यो निर्णय सच्याउन माग गरेको हो ।

मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज सरल तुल्याउन भन्दै सार्वजनिक बिदाको दिनवाहेक बिहान ८ बजेदेखि वेलुका ७ बजेसम्म आपतकालीन र अत्यावश्यक सेवामा प्रयोग भएको बाहेक अन्य मालबाहक गाडी काठमाडौं उपत्यका प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो ।

यो व्यवस्थाले औद्योगिक उत्पादन लगायत खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तुहरु तथा निर्माण सामाग्रीकोे राजधानीभित्र हुने आपूर्ति व्यवस्थामा गम्भीर असर पुग्ने चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

यसको प्रत्यक्ष प्रभाव खुद्रा व्यवसायी तथा उपभोक्तालाई पर्ने उनको भनाइ छ । वेलुका ७ बजेपछिको ढुवानीमा लोड अनलोड गर्ने श्रमिकको अभाव, रिटेल आउटलेट वन्द भइ सक्ने, सुरक्षाको प्रत्याभूति, बत्तीलगायतको उचित प्रबन्ध नहुने चेम्बरको भनाइ छ ।

औद्योगिक कच्चा तथा सहायक कच्चापदार्थको ढुवानीमा आउने अवरोधले २ सिफ्टमा काम गराउनु पर्दा उद्योगमा लागत बढ्ने, निर्यात गर्नुपर्ने कार्गो ढुवानी गर्न ७ बजेसम्म सरकारी निकाय खुला नहुने र लोडरको उपलब्धताको ग्यारेण्टी नहुने हुनाले समस्त उपभोग्य वस्तुको आपूर्ति प्रणालीमै प्रत्यक्ष पुग्ने चेम्बरको ठहर छ ।

उपत्यकाको सहज आपूर्ति प्रक्रियालाई अवरोध हुने गरी जारी भएको सूचना बारे पुनर्विचार गरिदिन मन्त्रीसँग आग्रह गरिएको चेम्बरले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment