
काठमाडौं । क्रिष्टियानो रोनाल्डोले म्याथिज डी लिग्टलाई युभेटन्स आउन सल्लाह दिएका छन् ।
पोर्चुगलका रोनाल्डो र नेदरल्याण्ड्सका डी लिग्टबीच आइतबार नेशन्स लिगको फाइनलका क्रममा भेट भएको थियो । नेदरल्याण्ड्सलाई १-० ले हराउँदै पोर्चुगल च्याम्पियन बन्यो ।
खेलपछि अयाक्सका डिफेण्डर रोनाल्डोसँग हास्दै कुरा गरिरहेको देखिएका थिए ।
‘रोनाल्डोले मलाई युभेन्टस आउन भनिरहेका थिए,’ उनले भने, यसले म आश्चर्यमा परेँ । त्यसैले हाँसेको हुँ ।’
उनलाई युरोपका प्रमुख क्लबहरुले भित्र्याउन चाहेका छन् । यो दौडमा बार्सिलोना अगाडि मानिएको छ ।
तर उनले निर्णय लिइसकेका छैनन् । युवा खेलाडीलाई खेल्नु महत्वपूर्ण भएकाले त्यसअनुसार सोचेर निर्णय लिने उनले बताएको मार्काले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4