Comments Add Comment

सुरक्षित यात्राको सारथिः ‘यामाहा एफजीएस भी थ्री’ (भिडियो रिभ्यु)

२८ जेठ, काठमाडौं । जिन्दगी यात्रा हो, पटक-पटक उकालो-ओरालो, सीधा-घुमाउरो र सजिलो-अप्ठोरो सबै अवस्था पार गर्नुपर्छ, यो यात्रामा भरपर्दो सहयात्री को बन्न सक्छ ? स्वीकार्नुभयो भने हरेक सुरक्षित यात्राको सारथि बन्न सक्छ, यामाहा एफजीएस एफआई भी थ्री ।

बहुप्रतिक्षित यामाहा एफजीएस एफआई भी थ्री नेपालमा सार्वजनिक भइसकेको छ । यामाहाको नेपालका लागि आधकिारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ल्याएको यो बाइकले नेपाली सडकमा आफ्नो जादु छर्न थालिसक्यो ।

यसको डिजाइन, पर्फमेन्स र कम्फोर्टका पारखीको संख्या फैलँदो छ । यसले आफ्नो ग्राहक मात्रै बटुल्दै छैन, यामाहाको उत्पादनमाथिको विश्वास पनि बढाउँदैछ ।

यो बाइक एफजीको विरासत र ‘सिग्नेचर स्टाइलिङ’लाई निरन्तरता दिँदै नेपाली बजारमा ल्याइएको हो । डिजाइनको पक्षबाट हेरेर यो बाइकलाई १५० सीसीको होला भन्ने अनुमान लगाउन धेरैलाई मुस्किल पर्छ ।

यसमा नयाँ ‘फुल-एलईडी डुअल पड हेडल्याम्प युनिट’ र ‘प्रिमियम क्रोम फिनिस’सहितको नयाँ ‘मस्कुलर फ्युल ट्यांक’ छ । अगाडिबाट हेर्दा यो जति पि्रमियम स्टाइलको देखिन्छ, पछाडिको लुक्स उत्तिकै दुर्लभ लाग्छ ।


‘मस्कुलिन थिम’मा डिजाइन गरिएको नयाँ एफजी भी थ्री मा नयाँ ‘स्टेप-अप स्टाइल’को सिंगल सिट छ । नयाँ एलोई हि्वल र फेन्डरहरु समेत ‘रिडिजाइन’ गरिएको छ ।

यसको टर्न इन्डिकेटर थोरै माथि सारिएको छ भने एड्जस्ट कभरको डिजाइन पनि आकर्षक बनाइएको छ ।

यसमा पनि डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल छ । यसलाई अघिल्लो पुस्तामा भन्दा धेरै ‘इन्फर्मेसन’ दिनसक्ने गरी राखिएको छ । नयाँ मोटरसाइकलमा ‘कि -साँचो) पोजिसन’ ट्यांकमा सारिएको छ । यसले पनि बाइकलाई फरक लुक्समा प्रस्तुत गरेको छ ।

एफआई भी थ्रीमा अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि र एन्टिलक ब्रेकिङ सिस्टम -एबीएस) दुवै सुविधा छ । १५० सीसी सेग्मेन्टकै यस्तो सुविधा पहिलोपटक दिइएको  हो ।

हेर्नुस् भिडियो रिभ्यु


यो बाइक रोमाञ्चक राइडकै लागि बनेको हो । युवा पुस्ताको रोजाइअनुसार निर्माण भएको यो बाइकले नेपाली सडकमा आफ्नो गजबको अब्बलता प्रदर्शन गर्दैछ ।

यामाहाले सँधै ग्राहकको सुरक्षामा ध्यान दिँदै आएको छ । सुरक्षाका हिसावले पनि यो बाइक उत्कृष्ट छ, त्यसैले शक्तिशालीयामाहा एफजीएस-एफआई भी थ्रीलाई ‘दी लर्ड अफ दी स्टि्रट’ भन्ने गरिन्छ ।

एबीएस र ‘फ्युल इन्जेक्टेड ब्लुकोर इन्जिन’ नै यो बाइकको मुख्य विशेषता हो । यसैकारण यो आर्थिक र वातावरणीय रुपमा पनि १५० सीसीको सेगमेन्टमा सर्वोत्कृष्ट मोटरसाइकल बनेको छ ।

नयाँ एफजीएस-एफआई भी ३ मा १४९ सीसीको ‘सिंगल-सिलिन्डर, फ्युल-इन्जेक्टेड ब्लुकोर इन्जिन छ । जसले अधिकतम १३.२ बीएचपी पावर र १२.८ एनएम टर्क उत्पन्न गर्छ ।

यसको फ्रिन्ट र ब्याक दुवै हि्वलमा डिस्क ब्रेक छ ।

राइडरको सुरक्षालाई मध्यनजरमा गरेरै यामाहाले सिंगल च्यानल ‘एबीएस’ जडान गरेको छ जसले ब्रेकिङ कन्ट्रोललाई जबरजस्त बनाइदिएको छ ।

यो बाइक सबैखाले मौसम र सडक अवस्थामा पनि अद्वितीय पर्फरमेन्स दिन सक्षम छ । यसमा चढ्नेको ‘राइडिङ एक्सपिरियन्स’ अरुको भन्दा फरक हुने कुरामा दुई मत छैन ।

लामो यात्रामा निस्कँदा पनि शरीरलाई थकान महसुस हुँदैन । यसमा आधुनिक सस्पेन्सन प्रविधि छ । यसको बनोट यति वैज्ञानिक छ कि चालकलाई मात्रै हनै, पछाडि बस्ने यात्रुलाई पनि कुनै प्रकारको असहजता महसुस हुन दिँदैन ।

यसमा अघिल्लो पुस्तामा झैं ५-स्पिड गियरबक्स छ भने अगाडि ४१ एमएमको ‘टेलिस्कोपिक र्फक’ छ । पछाडि ‘मोनो शक’ प्रयोग गरिएको छ, जसले राइडिङ अनुभव अविश्वसनीय बनाउँछ ।

यसको ग्राउन्ड क्लेयरेन्स १६५ मिलिमटिर छ, जसका कारण अफरोडमा जान पनि यो बाइकले समस्या गर्दैन ।

नयाँ मोटरसाइकलको फ्युल ट्यांक क्षमता १२.८ लिटर छ । यो बाइक किन्दा मन पर्ने रंग छान्न विकल्पहरु छन् ।

‘म्याट ब्लु’, ‘म्याट ब्ल्याक’ र ‘ग्रे सायन’ गरी तीन वटा ‘एक्साइटिङ कलर’मा उपलब्ध छ । यामाहा एफजीएस-एफआई भी ३ को प्रारम्भिक मूल्य तीन लाख नौ हजार नौ सय रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment