Comments Add Comment

‘मारुनी’को ‘जाम्न माया जाम’ रिलिज, पुष्प र साम्राज्ञीको गज्जबको डान्स

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मारुनी’को पहिलो गीत सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा नवल नेपाल निर्देशित चलचित्रको गीत रिलिज गरियो । कार्यक्रममा निर्देशक नवल नेपाल, निर्मात्री पूनम गौतम, नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र रेबिका गुरुङ, गीतका गायक दिपक बज्रचार्य, छायांकार सन्जय लामा लगायत उपस्थित थिए ।

दिपक बज्रचार्यको स्वर तथा संगीत रहेको यो गीतमा रिक्की शाक्यको शब्द छ । सार्वजनिक गीत ‘जाम्न माया जाम’लाई क्लबमा छायांकन गरिएको छ । गीतको भिडियोमा नायक पुष्प र नायिका साम्राज्ञीको साथमा सय बढी कोरस फिचर्ड छन् । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् ।

यो गीतको अडियो शक्तिशाली छ । गायक दिपक बज्रचार्यले ‘मनमगन’ पछि उत्कृष्ट गीत दर्शकमाझ ल्याएका छन् । गीतको भिडियोलाई पनि निर्माण गर्ने निर्मात्री गौतमले कुनै कसर बाँकी राखेकी छैनन् । नायक पुष्प खड्का र नायिका साम्राज्ञीको डान्स गज्जबको छ । पुष्प र साम्राज्ञीको डान्सले उनीहरुको फ्यानलाई खुशी बनाउन सक्छ ।

यो चलचित्र भदौको १३ गतेबाट रिलिज हुँदैछ । ‘मारुनी’ले दर्शकको मुटु छुने निर्देशक नवल नेपालको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment