+
+
Shares

फ्रान्सबाट प्रधानमन्त्रीले भने–हामीसँग नुन पनि छ सुन पनि छ

नेपालीमा असाधारण खुबी रहेको दावी

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३० गते २२:१७

३० जेठ, फ्रान्स । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल तीब्र गतिमा विकास गर्न सक्ने अवस्थामा पुगेको बताएका छन् । फ्रान्सस्थित नेपाली दुतावासले बिहीबार दिउँसो आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब तीब्र गतिमा बिकास हुने बताएका हुन् ।

केही शताब्दी मुलुक पछाडि परेको बताउँदै प्रधानमन्त्री ओलीले अब नेपाल विद्वानहरुको देश हुने बताए।  ‘हाम्रो देश गरिब हुने कारण छैन, हामीसँग नुन पनि छ सुन पनि छ,  हाम्रो मुलुक उर्बर छ,’  उनले भने ।

हिजो देश गरिव भयो भनेर अब पनि हुन्छ भन्ने नरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने,’हामी साँस्कृतिक, सामाजिक, प्राकृतिक हिसाबले सम्पन्न छौं, खाली एउटा कागजको नोटमा गरिब छौँ।’

प्रधानमन्त्रीले नेपाल र फ्रान्सका बीचको कुटनीतिक सम्बन्ध औपचारिक ढंगले स्थापना भएको ७० बर्ष पूरा भएको सन्दर्भमा आफू फ्रान्सको भ्रमणमा आएको बताए। नेपाल हेर्न लायक मुलुक रहेको भन्दै उनले नेपाल भ्रमण गर्न फ्रान्सेली नागरिकहरुलाई अनुरोध गरे । प्रधानमन्त्रीले नेपालीमा सम्बोधन गर्दा दोभासेद्वारा फ्रान्सेलीभाषामा अनुवाद गरिएको थियो।

बेलायतको तीन दिने भम्रणपछि भूमिगत रेल चढेर बुधबार दिउँसो पेरिस पुगेका प्रधानमन्त्री ओली बुधबार दिउँसो पेरिस आइपुगेका हुन्। उनले बुधबार साँझ फ्रान्सेली ब्यबसायीहरुलाई भेटघाट गरे । प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक स्थायित्वका साथै कानुनी जटिलताको अन्त्य भएको भन्दै लगानी गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले आज नै फ्रान्सका प्रधानमन्त्री इडियार्डों फिलिपेसँग भेटवार्ता गर्दैछन्।

नेपाली पूर्खाको प्रशंशा !  असाधारण खुबी रहेको दावी

नेपाली दुतावासको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जेनेटिक मेमोरीको जडका कारण नेपालीहरुमा असाधारण खुबी रहेको दावी गरे । इतिहासका फुँदा जोड्दै ओलीले भने– ‘हाम्रा पूर्खा चन्द्रमा पुगेका थिएनन् तर ग्रहहरुलाई नजिकबाट चिन्थे, कुन शुक्र, कुन वृहस्पति हो चिन्थे शनि कहाँनेर छ भन्ने कुरा थाहा हुन्थ्यो। दुनियाँ अन्धकारमा हुँदा हाम्रा पूर्खाहरु नजिकबाट ग्रहहरुलाई चिन्थे।’

प्राकृतिक स्रोतहरु नभएका मुलुकहरुले समेत बिकास गरेको भन्दै नेपालमा बिकास गर्ने थुप्रै आधारहरु रहेको प्रधानमन्त्रीको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?