+
+
Shares

विश्वकप क्रिकेटमा आज वेष्ट इन्डिज र इंग्ल्यान्ड भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३१ गते ७:२०

३१ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज आयोजक इंग्ल्यान्डले वेष्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

साउथह्याम्पटनमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा इंग्ल्यान्ड र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुन लागेको हो । दुवै टिम स्पष्ट जित हात पार्ने लक्ष्यमा हुनेछन् ।

पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो जित निकालेको इंग्ल्यान्ड दोस्रो खेलमा भने पाकिस्तानसँग नराम्ररी पछारिएको थियो । पाकिस्तानसँग १४ रनले पराजित भएको इंग्ल्यान्ड तेस्रो खेलमा भने बंगलादेशलाई १०६ रनले पराजित गर्न सफल भयो ।

यता, वेष्ट इन्डिजले भने आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा भने अष्ट्रेलियासँग १५ रनले हारेको थियो । वेष्ट इन्डिजको तेस्रो खेलमा भने वर्षा बाधक बन्यो ।

खेल चलिरहेकै बेला पानी परेपछि वेष्ट इन्डिजले दक्षिण अफ्रिकासँग अंक बाँड्न बाध्य बन्यो ।

वेष्ट इन्डिज टिम

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन र स्यानन गाब्रियल ।

इंग्ल्यान्ड टिम

इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, टोम कुरान, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसन ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?