Comments Add Comment

विपक्षी भन्छन्– प्रदेश ५ को बजेट वितरणमुखी, पहाडमुखी !

सुकुम्बासी विषय छुटेको सत्तापक्षकै स्वीकारोक्ति

२ असार, बुटवल । प्रदेश ५ सरकारले आर्थिक बर्ष २०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएपछि बजेटका बिषयमा टीकाटिप्पणी शुरु भैसकेको छ । प्रदेश ५ का सांसदहरुले बजेटबारे मिश्रित प्रतिक्रिया दिएका छन् ।

सत्ताधारी प्रदेशसभा सदस्यहरुले बजेट समग्रमा राम्रो रहेको रहेको प्रतिक्रिया दिइरहँदा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले भने बजेट वितरणमुखी, पहाडमुखी र कम्युनिष्टको लाइन अनुसार आएको बताएका छन् ।

कांग्रेस संसदीय दलका उपनेता वीरेन्द्र कडौरिया

कांग्रेस संसदीय दलका उपनेता वीरेन्द्र कडौरियाले बजेट चित्तबुझ्दो नआएको प्रतिक्रिया दिए । उनले निर्वाहमुखी र कम्युनिष्ट धारको बजेट कार्यान्वयन हुनै नसक्ने दाबीसमेत गरे । साथै उनले विपक्षीसँग पराशर्म बिनै बजेट बनाइएको भन्दै आपत्ती जनाए ।

प्रदेशसभा सार्वजनिक लेखा समितिका सभापति तथा कांग्रेस संसाद डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले निराशामुखी र निर्वाहमुखी बजेट ल्याएको बताए ।

कांग्रेसकै अर्का प्रदेशसभा सदस्य वीरबहादुर रानाले बजेटले जनतामा निरासा पैदा गरेको दाबी गरे । उनले भने, ‘हामीले सोचेभन्दा निकै फरक र निरस बजेट आयो ।’

राजपा संसदीय दलकी नेता कल्पना पाण्डेले बजेट निर्वाहमूखी रहेको प्रतिक्रिया दिइन् । कांग्रेस सांसद फकरुद्धिन खांनले पहाडमुखी बजेट आएको भन्दै बजेटले तराईलाई अपहेलना गरेको बताए ।

सन्तोष कुमार पाण्डेय

समाजवादी पार्टीका प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले छलफलबिना ल्याइएको बजेट जनपक्षीय नभएको प्रतिक्रिया दिए । ‘यो एकपक्षीय छ, कार्यान्वयन हुन सक्दैन’ उनले भने ।

नेकपाका प्रदेशसभा सदस्य तुल्सीप्रसाद चौधरीले बजेट समग्रमा राम्रो र सन्तुलित रहेको भन्दै बजेट पूर्णरुपमा कार्यान्वयन भए प्रदेश ५ समृद्ध बन्ने विश्वास व्यक्त गरे ।

सत्ता पक्षीय दीपा बिकले बजेट सबै पढेर मात्रै प्रतिक्रिया दिने बताइन् । तर, केही कुरा राम्रो पनि बजेटमा परेको उनले दाबी गरिन् । बजेटले कृषि र उद्योगलाई राम्रो समेटेको उनको तर्क छ ।

सत्तापक्षकै सांसद इन्द्रप्रसाद खरेलले बजेट राम्रो भए पनि धेरै कुरा छुटेको प्रतिक्रिया दिए । भूमिहीन सुकुम्बासी आयोग गठन गरेर अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने कुरा बजेटमा छुटेको उनले बताए ।
यो पनि पढ्नुहोस प्रदेश ५ सरकारले ल्यायो ३६ अर्ब ४१ करोडको वजेट   यो पनि पढ्नुहोस सात प्रदेशको बजेट : सातथरी नारा, दशथरी वितरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment