३ असार, हेटौंडा । प्रदेश ३ सरकारले ९ वटै जिल्लालाई समेटेर प्रदेश चक्रपथ निर्माण गर्ने भएको छ । यसको नाम पुष्पलाल प्रदेश चक्रपथ राखिएको छ ।
आइतबार ४७ अर्ब ६० करोडको बजेट पेश गर्दा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेश चक्रपथ बनाइने बताएका हुन् । संघीय सरकारको समन्वय र सहकार्यमा बनाइने प्रदेश चक्रपथले रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, सिन्धुली र काभ्रेलाई जोड्नेछ ।
यो सडकले प्रदेशमा पर्ने ९ वटै जिल्ला सदरमुकामलाई जोड्ने आर्थिक मामिलामन्त्री ढुंगेलले अनलाइनखबरसँग बताए । उनले भने, ‘कतिपय क्षेत्रमा अहिले नै सडक छन् । कतिपय नयाँ बनाउनुपर्छ ।’
यो पनि पढ्नुहोस
प्रदेश ३ को बजेट : ४७ अर्ब ६० करोड (पूर्णपाठसहित)