Comments Add Comment

प्रदेश ३ को बजेट : ४७ अर्ब ६० करोड (पूर्णपाठसहित)

१ असार, हेटौंडा । प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षका लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

कुल नियोजित बजेटमध्ये चालु खर्चतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात् ५१.३९ प्रतिशत बजेट छुट्टएिको छ ।

त्यसैगरी पुँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात ४७.९८ प्रतिशत बजेट विनियोज गरिएको प्रदेश अर्थमन्त्री कैलाश ढुंगेलले प्रदेशसभालाई जानकारी गराएका छन् ।

वित्तीय व्यवस्थापनतर्फ ३० करोड अर्थात् ०.६३ प्रतिशत रकम प्रदेश ३ सरकारले विनियोजन गरेको छ ।

बजेटको स्रोतका लागि प्रदेश ३ सरकारले १५ अर्ब ४९ करोड ४९ लाख राजस्व उठाउने अनुमान गरेको छ ।

त्यसैगरी अन्तर सरकारी अनुदानतर्फ १८ अर्ब ६ करोड १३ लाख प्राप्त हुने अनुमान गरिएको छ भने अन्य राजस्वतर्फ ७ अर्ब ३० करोड उठ्ने अनुमान गरिएको छ । राजस्व वचततर्फ ६ अर्ब ७५ करोड १६ लाख ८६ हजार प्राप्त हुने प्रदेश ३ सरकारको अनुमान छ छ ।

काठमाडौं समेत आफ्नो प्रदेशभित्रै पर्ने प्रदेश ३ सरकारको बजेट सातै प्रदेशको बजेटभन्दा बढी छ ।

बजेटभरि नारै नारा
प्रदेश सरकारले घोषणा गरेको बजेटमा लोकपि्रय नाराहरु समेटिएका छन् । बजेट वक्तव्यमा परेका १५ वटा नाराहरु यस्ता छन्-

-निरक्षरतामुक्त प्रदेश तीन, पूर्ण साक्षर भएको उज्यालो दिन ।

-प्रदेश ३ को ईच्छा, छोरी बुहारीलाई उच्च शिक्षा

-प्रदेश तीनको सरोकार, महिलालाई सामाजिक र आर्थिक अधिकार

-प्रदेश र स्थानीय तहको एउटै सन्देश, वालविवाहमुक्त हाम्रो प्रदेश

-राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद

-एक स्थानीय तह, एक विशेष उत्पादन

-वातावरण संरक्षणमा हाम्रो अभिभारा, पृथ्वी हाम्रो सहारा

-पर्यटन क्षेत्रको विस्तार, प्रदेश समृद्धिको आधार

-एक निर्वाचन क्षेत्र, एक औद्योगिक ग्राम

-एक घर, एक धारा

-प्रदेश सरकारको पहिचान, निःशुल्क कानूनी जनसहायता अभियान

-वित्तीय साक्षरताको आधार, बैंकिङ प्रणालीमार्फत सबै कारोबार

-प्रदेश सरकारको भावना, जिम्मेवार नागरिकको कामना

-एक नेपाली एक फलफूल विरुवा रोपण

-एक समूह, एक वन उद्यम कार्यक्रम

बजेटको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment