+
+
Shares

तराईका अधिकांश जग्गाको मालिक भारतीय : राधा ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २ गते १४:१७

२ असार, काठमाडौं । सत्तारुढ नेकपाकी सांसद राधाकुमारी ज्ञवालीले तराईका अधिकांश जग्गाको मालिक भारतीय रहेको बताएकी छन् । यसतर्फ सम्बन्धित सरोकारवालाहरुको प्रयाप्त ध्यान जान नसकेको उनको भनाइ छ ।

‘तराईका हजारौं विगाहा जमिन चौधरीको नाममा छ । ति चौधरी सबै भारतमा छन् । यसरी हाम्रो देशको ठूलो भूभागको मालिक नेपाल बाहिर छ । उनीहरुको नेपाली नागरिकता अहिले पनि छैन’, सोमबार संसदको कृषि तथा सहकारी तथा प्रकृतिक श्रोत समितिमा ज्ञवालीले प्रश्न गरिन्, ‘अनागरिकलाई हाम्रो देशको जग्गाको मालिक हुन पाउने अधिकार हुन्छ कि हुन्न ?’

विदेशीका नाममा रहेको जग्गा नेपाल सरकारको वा जोतभोग गरिरहेका नेपाली नागरिकको नाममा ल्याउनुपर्ने उनको भनाइ थियो ।

सबै जग्गाहरुलाई एकीकृत गरी सहकारीको मोडलमा गएर जग्गाको उपभोग गर्नेतर्फ सोच्नुपर्नेमा ज्ञवालीले जोड दिइन् । एैलानी जग्गा उपभोग गर्दै आएकाहरुको हकमा पनि बसोबासको व्यवस्था गरी बाँकी जग्गा सहकारीकै मोडलमा लगेर उत्पादन बढाउनेतर्फ ख्याल गर्नुपर्ने उनले बताइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?