Comments Add Comment

परिवारै मिलेर ठगीः काका–भतिज समातिए, भाउजू फरार

१ असार, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले ठगीमा संलग्न भएको आरोपमा काका–भतिजालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसेका जितबहादुर तामाङ र रामबहादुर तामाङ छन् ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार उनीहरु नाताले काका–भतिजा हुन् । उनीहरुले नयाँ बसपार्क, बौद्धलाई आधार इलाका बनाएर सक्कली भनेर नक्कली डलर र सुन साटेर लाखौं रुपैयाँ ठगी गर्ने गरेका थिए ।

प्रहरीका अनुसार पछिल्लो पटक आइतबार बिहान डलर भनेर कागज मात्र दिइ १५ लाख रुपैयाँ ठगी गर्न लाग्दा उनीहरुलाई पक्राउ गरिएको थियो ।

‘साँगाको भित्री जंगलमा रहेको इँटाभट्टामा लगेर लुटपाट गर्न लागेका रहेछन्’, बोगटीले भने, ‘विशेष सूचनाको आधारमा डिल हुँदाहुँदै दुई जनालाई पक्राउ गरेका हौं ।’

घटनामा संलग्न जितबहादुरकी श्रीमती भने फरार छिन् । बोगटी भन्छन्, ‘उनीहरुको ठगीमा परिवारका अन्य सदस्य पनि संलग्न छन् । हामी अनुसन्धान गरिरहेका छौं ।’

उनीहरुले थली र कपनमा पनि एउटै शैली प्रयोग गरेर ७÷७ लाख रुपैयाँ ठगी गरेको प्रहरीमा उजुरी परेको छ ।

पक्राउ परेका दुवैमाथि यसअघि काठमाडौं प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय, काभ्रको टोलीले पनि मुद्दा चलाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment