+
+
Shares

महिलाको अश्लील तस्वीर सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्ने युवक पक्राउ

पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका–८ का २० वर्षीय पवन निसाद छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १४:२४

१८ असार, काठमाडौं । सम्बन्धमा रहँदा महिलासँग खिचेका नग्न तस्वीर, भिडियो सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका–८ का २० वर्षीय पवन निसाद छन् ।

उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो । सम्बन्ध बिग्रेपछि पीडित महिलाको तस्वीर, भिडियो सार्वजनिक गरिदिने भन्दै उनले ब्ल्याकमेलिङ गरेको आरोप छ।

पक्राउ परेका उनीमाथि साइबर कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?