Comments Add Comment

गुठी विधेयक स्थगनको पक्षमा मेयर शाक्य

३ असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गुठी विधेयक तत्कालका लागि स्थगन गर्नु पर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहितको छलफलमा मेयर शाक्यले यस्तो माग गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेकपासम्वद्ध उपत्यकाका जनप्रतिनिधिहरु र पार्टी अध्यक्षहरुसँग सोमबार छलफल गरेका थिए । छलफलका क्रममा मेयर शाक्यले विधयेक तत्काल स्थगन गर्नु नै उपयुक्त हुने सुझाव दिएको उनको सचिवालय स्राेतले जनाएको छ ।

छलफलमा मेयर शाक्यले गुठी उपत्यकाका नेवारी समुदायको सामाजिक परम्परा र सस्कृतिसँग पनि जोडिएको विषय भएकाले तत्कालका लागि स्थगन गरेर सबै सरोकारवालासँग छलफल गरी अघि बढ्दा उपयुक्त हुने सुझाव दिए ।

‘गुठी उपत्यकाका नेवारी समूदायको परम्परा अनुसार जन्मदेखि मृत्युसम्म आवश्यक हुन्छ,’ मेयर शाक्यको भनाई उध्रित गर्दै उनको सचिवालय स्राेतले भन्यो, ‘गुठी विधेयकको विषयलाई लिएर आन्दोलन चर्किरहेको छ । यस्तो बेलामा तत्कालका लागि स्थगन गरेर सबै सरोकारवालासँग छलफल गरी अघि बढ्दा उपयुक्त हुन्छ ।’

छलफलमा मेयर शाक्यले सकेसम्म फिर्ता नभए स्थगन गरेर भए पनि समाधान गर्नुपर्ने धारणाा राखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment