
३ असार, काठमाडौं । विपक्षी दलको नेता कि प्रधानमन्त्रीले पहिला बोल्ने भन्ने विवादका कारण मंगलबार संसद अवरुद्ध भयो ।
आफ्नो दलको नेतालाई बोल्न नदिइ प्रधानमन्त्री केपी शर्मा ओलीलाई समय दिएको भन्दै कांग्रेसका सांसदहरुले अवरोध गरे । विपक्षीको नाराबाजीका कारण रोष्टममा पुगेका प्रधामनमन्त्री ओलीसमेत सम्बोधन नगरी फर्किए ।
बैठकपछि कांग्रेस नेता देउवाले विपक्षी दलको नेताले बोलेपछि प्रधानमन्त्रीले जवाफ दिने प्रचलन नै भएको बताए । उनले भने, ‘विपक्षीले पहिले बोल्छ, जवाफ दिने प्रधानमन्त्रीले हो । पहिले प्रधानमन्त्री बोलेपछि मैले के बोल्ने ?’
नेकपा सांसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने संसदीय प्रणालीमा प्रधानमन्त्रीले बोल्नका लागि समय मागेपछि उपलब्ध हुने बताए ।
‘समय दिएर अनुसार रोष्टममा जाँदा उहाँले बोल्न पाउनु भएन । यसबारे म अन्यथा टिप्पणी गर्दिनँ’ उनले अघि भने, यसबारे सबैले निधार खुम्च्याएर सोचौं ।’
प्रतिक्रिया 4