Comments Add Comment

‘द भ्वाइस अफ नेपाल सिजन-२’ को टाइटल स्पोन्सर भयो युनाइटेड सिमेन्ट्स

३ असार, काठमाडौं । विश्वको नम्बर एक गायन रियालिटी सोको नेपाल संस्करण ‘द भ्वाइस अफ नेपाल सिजन-२’ लाई युनाइटेड सिमेन्ट्सले साथ दिएको छ ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने तयारीमा रहेको ‘द भ्वाइस अफ नेपाल सिजन-२’ को टाइटल स्पोन्सरमा युनाइटेड सिमेन्ट्स अनुबन्ध भएको छ ।

नेपालकै इतिहासमा यूनाइटेड सिमेन्ट्स नै प्रथम स्वदेशी ब्राण्ड हो जसले यति ठूलो तथा विश्व चर्चित गायन रियालिटी शोमा टाइटल स्पोन्सरको भुमिका निर्वाह गरेको छ ।

‘बिश्वको नम्बर एक गायन रियालिटी सो भ्वाइसको टाइटल स्पोन्सरका रुपमा युनाइटेड सिमेन्ट्सजस्तो अग्रणी ब्राण्डलाई अनुबन्ध गर्न पाउँदा निकै हर्ष लागेको छ’ कार्यकारी निर्देशक कडेलले भन्नुभयो-‘नेपाली संगीतको प्रर्बद्धनमा युनाइटेड सिमेन्ट्सको सहकार्य प्रसारण क्षेत्रमा निकै अर्थपूर्ण हुनेछ ।’

योसँगै भ्वाइस अफ नेपाल सिजन २ मा दुई जना कोच फेरिएका छन् । सिजन २ मा चर्चित गायक राजु लामा (मंगोलियन हर्ट) र लोकपि्रय गायिका आस्था राउत कोचका रुपमा भित्रिएका छन् । उहाँहरु सँगै दीप श्रेष्ठ र प्रमोद खरेल सहित ४ जना कोच यो सिजनका लागि अनुबन्ध भएका छन् ।

झण्डै २३ हजार प्रतिभाहरुले डिजिटल अडिसनमा सहभागीता जनाएकोमा बिभिन्न छनौट चरण पार गरी एक सय भन्दा बढि प्रतिभाहरु ब्लाइन्ड अडिसनका लागि चुनिएको कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

भ्वाइस अफ नेपाल सिजन २ को प्रसारण साउन पहिलो साताबाट हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार साँझ ८ बजे प्राइम टाइममा प्रसारण हुने छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment