Comments Add Comment

राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता लिन कांग्रेसको माग

४ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभामा छलफलको प्रक्रियामा रहेको गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन सरकारसँग माग गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले मन्त्रीस्तरीय निर्णयबाट मंगलबार फिर्ता लिएको गुठी विधेयक राष्ट्रिय सभाबाट पनि फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले सरकारले सो विधेयक फिर्ता लिए पनि गुठियारहरुको मागलाई मनैदेखि स्वीकार गर्न नसकेको दावी गर्दै सम्बन्धित पक्षलाई सचेत पनि गराए । सरकारले सडक र सदनको दबाब थेग्न नसकेपछि सो विधेयक फिर्ता लिन बाध्य भए पनि त्यसलाई मनैदेखि स्वीकार नगरेको प्रमुख सचेतक खाँडको दावी छ ।

प्रमुख सचेतक खाँडले प्रधानमन्त्री केपी ओलीले मन्त्री पदमा अर्यालले सो विधेयक फिर्ता लिएको पत्रकार सम्मेलनबाट जानकारी पाएको भनेपछि के सरकारले सो विधेयक गुठीयारहरुको मागलाई सम्बोधन गर्न फिर्ता लिएको हो ? भन्ने आशंका जन्माएको दावी पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment