
५ असार, काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध अष्ट्रेलियाका ओपनर डेभिड वार्नरले शतक बनाएका छन् ।
वार्नरले ११० बलमा शतक पूरा गरेका हुन् । उनले ७ चौका दुई छक्का प्रहार गर्दै अर्धशतक बनाएका हुन् ।
टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियालाई वार्नरले उत्कृष्ट ब्याटिङ गर्दै उच्च रनतर्फ लगेका छन् । उनले कप्तान आरोन फिन्चसँग मिलेर पहिलो विकेटका लागि १२१ रनको साझेदारी गरेका थिए । फिन्च ५३ रनमा आउट भए ।
यसअघि पनि जारी विश्वकपमा वार्नरले पाकिस्तानविरुद्ध शतक प्रहार गरेका थिए । उनले पाकिस्तानविरुद्ध १०७ रन बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4