Comments Add Comment

विदेशी मुद्रा अपचलन मुद्धाका फरार अभियुक्त पक्राउ

५ असार, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले विदेशी मुद्रा विनिमय मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका २० हरपतगञ्ज बस्ने ४७ वर्षका रामप्रवेश सिंह पक्राउ परेका हुन् ।

फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियान अन्र्तग वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले उनलाई पक्राउ गरेको हो । २०७४ असार २५ गतेको पर्सा जिल्ला अदालतको फैसलाले विदेशी मुद्रा अपचलन मुद्दामा आठ लाख चौसठ्ठी हजार आठ सय दश रुपैयाँ जरिवाना तोेकेको थियो । जरिवाना रकम तिरेर उनी रिहा भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका वडा नं २ छपकैयाबाट राम प्रवेश सिंहलाई सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म वीरगंज पर्साको टोलीले मिति २०७१ असोज ३ गते भारतीय रुपैयाँ ५ लाख ४० हजार रुपैयाँसहित उनलाई नियन्त्रणमा लिएको थियो ।

उनको साथबाट भारतीय रुपैयाँ ५ सय दरको ८० थान र १ हजार दरका ५ सय थान गरी जम्मा ५ लाख ४० हजार रुपैयाँ फेला परेको थियो । सशस्त्र प्रहरीले कारवाहीको लागी राजश्व अनुसन्धान बिभाग हरिहरभवन ललितपुर पठाएकोमा विभागले २०७१ असोज ५ गतेको आदेशले रु.८ लाख ६४ हजार ८ सय १० रुपैयाँ घरौटी लिई तारेखमा राखी अनुसन्धान गरिरहेको थियो ।

२०७३ साउन ३१ गते बिभागले पर्सा जिल्ला अदालत वीरगञ्जमा अभियोग पत्र दायर गरेकोमा तारेख तोडी बस्ने उनीविरुद्ध पर्सा जिल्लाले धरौटी रकम जफत गरी सोही बराबरको जरिवानाको फैसला सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment