Comments Add Comment

जेठमा वीरगञ्ज भन्सारको राजस्व लक्ष्यभन्दा ३ अर्ब कम

६ असार, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले जेठ महिनामा लक्ष्य भन्दा २ अर्ब ८५ करोड ८६ लाख ८१ हजार रुपैयाँ कम राजश्व संकलन गरेको छ ।

१५ अर्ब ४४ करोड ४५ लाख २७ हजार रुपैयाँ लक्ष्य दिएकोमा १२ अर्ब ५८ करोड ५८ लाख ४६ हजार रुपैयाँ राजश्व संकलन गरेको वीरञ्ज भन्सार कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष ०७४/७५ को जेठ महिनामा भने कार्यालयले लक्ष्य भन्दा झण्डै २१ प्रतिशत बढी राजश्व संकलन गरेको थियो ।
वीरगञ्ज भन्सार कार्यालयले मुल्य अभिवृद्धि कर, अन्तःशुल्क, पूर्वाधार कर, अग्रिम आयकर र स्वास्थ्य जोखिम कर संकलन गर्दै आएको छ । जसमध्ये मुल्य अभिवृद्धि कर, भन्सार शुल्क र अन्तःशुल्कले राजश्वको मुख्य हिस्सा ओगट्ने गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्ष ०७५/७६ को ११ महिनामा पनि राजश्वको लक्ष्य भेट्टाउन सकेको छैन । २०७५ साउनदेखि २०७६ जेठसम्मको ११ महिनामा १ खर्र्ब ५४ अर्ब ४४ करोड ५२ लाख ६५ हजार रुपैयाँ लक्ष्य रहेकोमा १ खर्ब ३५ अर्ब २९ करोड ५६ लाख ८५ हजार रुपैयाँ संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत मनिष महतोले जानकारी दिए ।

उनका अनुसार नयाँ गाडी, तेस्रो मुलुकबाट आउने मालबस्तु र क्लिंकर आयातमा कमी आएकाले राजस्व घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment