४ जेठ, काठमाडौं । मजदुर आन्दोलनका कारण बन्द होटल हायात बिहीबारदेखि नियमित सञ्चालनमा आएको छ । सेवा–सुविधा कटौतीको बिरोधमा श्रमिकले आन्दोलन थालेपछि जेठ ३० गतेदेखि होटल बन्द थियो ।
मजदुर र व्यववस्थापनबीचको विवाद समाधान गर्ने सहमतिमा आन्दोलन स्थगित गरेका हुन् । पर्यटन वर्ष २०२०लाई लक्षित गर्दै होटलको समस्या समाधान गर्ने गरी होटल खुलेको हो ।
यसअघि आन्दोलनरत कर्मचारीले माफी नमागेसम्म होटलको सेवा सुचारु नहुने अडान व्यवस्थापनले लिएको थियो । यता कटौती गरिएको सेवा सुबिधा पुनःस्थापना नभएसम्म आन्दोलन नरोकिने भन्दै मजदुरहरुले धर्नालाई निरन्तरता दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4