Comments Add Comment

पूजा बेहुली भन्दा सौगात र आकाश बने बेहुला

चलचित्र ‘पोई पर्यो काले’का केही दृश्य बाहिरिएसँगै यसलाई लिएर दर्शकमा अझै कौतुहलता बढेको छ । पोखरामा चलचित्रको छायांकन सकेर यसको यूनिट काठमाण्डौ आइसकेको छ । पोखरामा चलचित्रका मुख्य तिन कलाकार सौगात मल्ल, पूजा शर्मा र आकाश श्रेष्ठको बिहे भएको दृश्य पनि खिचिएको छ । पूजालाई बेहुलीको अवतारमा देख्न सकिन्छ । आकाश र सौगात बेहुलाको अवतारमा देखिएका छन् ।

चलचित्रमा पूजाको बिहे कोसँग हुन्छ भनेर खुलाइएको छैन । तर, सार्वजनिक तस्वीरले उत्सुकता बढाएको भने छ । शिशिर राणाको निर्देशनमा तयार भएको यो चलचित्रमा सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।

कात्तिक ८ गतेलाई प्रदर्शन मिति तय गरिएको यो चलचित्रले श्रीमान् कालो परेपछि एक यूवतीले गर्ने विभिन्न खालको क्रियाकलापलाई देखाउन खोजेको छ । सामाजिक कमेडी कथामा यो चलचित्र निर्माण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment