+
+
Shares

भोजपुरी बोल्दै सन्नी लियोनी

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १० गते ७:३५

बलिउड अभिनेत्री सन्नी लियोनी अहिले एउटा भिडियोका कारण चर्चामा छिन् । उक्त भिडियोमा उनले भोजपुरी भाषा बोलिरहेको देखिएको छ । सनी लियोनी चाँडै नै एउटा दक्षिण भारतीय फिल्म ‘कोकाकोला’ मा देखिंदैछिन् ।

सन्नीको उक्त फिल्म हरर-कमेडी जनराको छ, जसमा उनी उत्तर प्रदेशकी स्थानीय युवतीको भूमिकामा प्रस्तुत हुँदैछिन् । सनीले जुन भिडियो शेयर गरेकी छिन्, त्यसमा उनी यूपी-बिहारमा बोलिने बोली बोल्दै गरेको देखिएको छ ।

भिडियोमा उनले बोलेकी छिन्-‘ओए का बे । काम कर मुझे छोड । अर्थात, ‘ओए, के भयो ? काम गर, मलाई छोड ।’ भिडियो शेयर गर्दै सनीले लेखेकी छिन्-‘जब तपाईं आफ्नो भूमिकामा डुबिरहनु भएको हुनेछ…।’

सन्नी लियोनीले भोजपुरी भाषामा बालेको उक्त भिडियो प्रसंशकहरुलाई समेत निकै मन परेको छ । फिल्म ‘कोकोकोला’ पनि सनी चाँडै नै दुई नयाँ फिल्महरु रंगीला तथा वीरामादेवीमा पनि अभिनय गर्दैछिन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?